प्रज्जवल थापा । पाकिस्तान राष्ट्रिय महिला फूटबल च्याम्पियनसिप खेल्न गएका नेपाली खेलाडी बुधबार स्वदेश फर्किदै छन् । नेपाली राष्ट्रिय महिला फूटबल टोलीका चार खेलाडी लिग खेलेर बुधबार दिउँसो नेपाल फर्किने भएका हुन् ।
चारै खेलाडी मंगलबार राति पाकिस्तानबाट दुबई हुँदै बुधबार नेपाल आउनेछन् । नेपाली राष्ट्रिय महिला टोली तथा नेपाल एपिएफकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बा, डिफेन्डर गीता राना, मिडफिल्डर शरु लिम्बू र फर्वार्ड अनिता केसी लिग खेल्न पाकिस्तान गएका थिए । सबै खेलाडीहरुले मासा युनाइटेडबाट लिग खेलेका थिए । सेमिफाइनलमा पुगेपछि पाकिस्तान फूटबलमा भएको अन्तरिक द्वन्द्वको कारण प्रतियोगिता रद्द भएको थियो ।
प्रतियोगितामा अनिता केसीले २४ गोल गर्दा शरु लिम्बुले २२ गोल गरेकी थिइन् । यस्तै गिता रानाको नाममा तीन र गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको नाममा दुई गोल रहेको थियो ।
