प्रज्जवल थापा । फ्रान्सेली स्ट्राइकर ओसुमाने डेम्बेलेको गोलमा बार्सिलोनाले स्पेनिस लिग ला लिगामा जित निकालेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल भाल्लाडोलिडलाई १-० गोलले पराजित गरेको हो ।
क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन डेम्बेलेले खेलको अन्तिम मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो । खेलको ९० औं मिनेटमा रोनाल्ड अरौजोको पासमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १-० गोलको संघर्षपुर्ण जित दिलाएका हुन् ।
जितसँगै बार्सिलोना २९ खेलमा ६५ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भाल्लाडोलिड २९ खेलमा २७ अङ्क जोड्दै लिगको १६ औं स्थानमा उक्लिएको छ ।
