प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले पुनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले ब्रिगटोनलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
युनाइटेडलाई जित दिलाउन मार्कोस रासफोर्ड र मासोन ग्रिनवुडले एक/एक गोल गरे । ब्रिगटोनको लागि डानी वेलबेकले गरेको गोल सान्त्वनामा सिमित रह्यो । खेलमा अग्रता भने पाहुना टोलीले लिएको थियो । पहिलो हाफको १३ औं मिनेटमा वेलबेकले गोल गर्दै ब्रिगटोनलाई खेलमा अगाडि बढाएका थिए । ६२ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए ।
८३ औं मिनेटमा पोग्वाको पासमा ग्रिनवुडको गोल गर्दै युनाइटेडलाई खेलमा अगाडि बढाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा युनाइटेड २-१ गोलले विजयी भएको हो । जितसँगै युनाइटेड ३० खेलमा ६० अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ ।
