भोटेकोसी बाढीः ७८१ जनाको शव फेला

काठमाडौँ । भोटेकोसी बाढी परी मृत्यु हुनेको संख्या ७८१ जनाको मृत्यु भएको । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज साँझ ६ बजेसम्म ७८१ जनाको शव फेला परेको छ । करिब २ हजार ५०२ जना अझै सम्पर्कविहीन छन् ।

रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९९, नवलपरासी पश्चिममा १००, तनहुँमा ३७ र चितवनमा २७२ शव फेला परेका छन् । चितवनमा फेला परेका शवमा विभिन्न मानव अंगसमेत रहेका छन् ।
बाढी तथा पहिरोमा परी २६७ जना घाइते भएका छन् । तीमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । प्रभावित क्षेत्रमा उपचारका लागि ६ वटा सर्जिकल मेडिकल टिम परिचालन गरिएको छ ।

खोज, उद्धार तथा राहतका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी २० हजार ६१८ सुरक्षाकर्मी परिचालन भएका छन् । जसमा नेपाल प्रहरीका ७ हजार ८९४, नेपाली सेनाका ८ हजार ५२१ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना छन् ।

प्राधिकरणका अनुसार हालसम्म ९ हजार ४३५ जनाको उद्धार गरिएको छ । जलविद्युत् आयोजनाका सुरुङबाट भदौ १२ गते १९१ र भदौ १३ गते ८८ गरी २७९ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सेनाले हालसम्म २५४ विदेशी र ३ हजार ६७ नेपालीको हवाई उद्धार गरेको छ । आज मात्रै जलविद्युत् आयोजनाबाट १५ चिनियाँ नागरिकको उद्धार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *