सेभिल्लासँग एथ्लेटिको म्याड्रिड पराजित

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगाको शिर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिड सेभिल्लासँग पराजित भएको छ । गएराति भएको खेलमा सेभिल्लाले एथ्लेटिको म्याड्रिडलाई १-० गोलले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा सेभिल्लालाई जित दिलाउन मार्कोस अकुनाले एक गोल गरे । खेलको ७० औं मिनेटमा नाभसको पासमा अकुनाले गरेको गोल नै सेभिल्लाको जितमा निर्णायक बन्यो । यसअघि खेलको आठौं मिनेटमा लुकास ओकाम्पोसले पेनाल्टी गोल गर्न नसक्दा सेभिल्लाले खेलमा अग्रता लिने अवसर गुमाएको थियो ।

जितसँगै सेभिल्ला २९ खेलमा ५८ अङ्क जोड्दै चौथो स्थानमा रहेको छ । पराजित म्याड्रिड भने २९ खेलमा ६६ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *