काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमति जुट्दै गर्दा प्रधानमन्त्री ओलीले अहिलेको प्रतिनिधिसभाको अंकगण्ति बदल्न मध्यवधि निर्वाचनमा जानुपर्ने संकेत गरेका छन् ।
माओवादी केन्द्रले आइतबार संसद् सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको चिठी दर्ता गर्न संकेत पाएका प्रधानमन्त्री ओलीले मध्यावधि निर्वाचनको संकेत गरेका हुन् ।
यसैक्रममा प्रधानमन्त्री ओलीले शनिबार आफूलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिए राजीनामा दिने बताएका थिए । एक सय ६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक निर्माणको शनिबार शिलान्यास गरेपछि प्रधानमन्त्री ओलीले अहिलेको संसद्मा रहेको अंकगणितलाई परिवर्तन नगरी नहुने बताएको समाचार नागरिक दैनिकमा छापिएको छ ।
