USAID

अफगानिस्तानमा सेनाको हवाई आक्रमणमा ३५ तालिबान लडाकूको मृत्यु

अफगानिस्तानको सेनाले देशका दुई वटा उत्तरी प्रान्तहरुमा गरेको हवाई आक्रमणमा कम्तीमा ३५ जना तालिबान लडाकू मारिएका छन् । शुक्रबार राति गरिएको आक्रमणमा अरु ३३ जना लडाकू घाइते भएका पनि अफगान रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

फरयाब प्रान्तमा २६ जना तालिबान लडाकू मारिनुका साथै ३३ जना घाइते भएका छन् । तालिवान समूहको गढ मानिएको गुर्जिवान जिल्लाको सर्चाकान गाउँमा सेनाले कारबाही गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

यस्तै, छिमेकी बाघलान प्रान्तमा नौ जना तालिबानी लडाकूको सैनिक कारबाहीमा मृत्यु भएको छ । मारिएकाहरुमा छ जना तालिबानका डिभिजनल कमान्डरहरु पनि रहेका छन् । सेनाले विद्रोही लडाकूबाट हातहतियार र धेरैवटा सवारी साधन पनि बरामद गरी ध्वस्त पारेको छ । यद्यपी तालिबान समूहले उक्त घटनाहरुका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *