आज रियल म्याड्रिड र इबार भिड्दै

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा आज सविक विजेता रियल म्याड्रिड र इबार भिड्दैछन् । खेल नेपाली समय अनुसार बेलुकी ८ बजे शुरु हुनेछ ।

घरेलु मैदानमा हुने खेल जित्दै म्याड्रिड शिर्ष स्थानको एथलेटिको म्याड्रिडसँग अङ्क दुरी घटाउन चाहन्छ । हाल रियल म्याड्रिड २८ खेलमा ६० अङ्क जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । समान खेलमा ६६ अङ्क जोडेको एथ्लेटिको शिर्ष स्थानमा रहेको छ । रियल म्याड्रिड आफ्नो पछिल्लो ५ खेलमा अपराजित रहेको छ ।

यता इबारपनि आजको खेलमा सकरात्मक नतिजा निकाल्दै लिगमा आफ्नो स्थान सुधार गर्न चाहन्छ । हाल इबार २८ खेलमा २३ अङ्क जोड्दै लिगको १९ औं स्थानमा रहेको छ । दुई टोलीबिच भएको पछिल्लो १३ खेलमा रियल म्याड्रिडले ११ खेल जितेको छ भने १ खेल इबरले आफ्नो पोल्टा पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *