ओलीविरुद्ध देशव्यापी रुपमा सक्रिय हुन पार्टीका नेता, कार्यकर्तालाई एमालेका ११ नेताको अपील

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना स्थायी कमिटी सदस्यले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध देशव्यापी रुपमा सक्रिय हुन पार्टीका नेता, कार्यकर्तालाई अपील गरेका छन् ।

शुक्रबार साँझ संयुक्त विज्ञप्ति जारी गरी उनीहरुले प्रधानमन्त्री ओलीले बाह्य शक्तिको आडमा देश, जनता र पार्टीप्रति घात गरेकाले सक्रिय हुन नेता कार्यकर्तालाई अपील गरेका हुन् ।

विज्ञप्तिमा उनीहरुले एकपक्षीय रुपमा कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाइएको पनि आरोप लगाएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै केन्द्रीय कमिटीको सदस्य पद रिक्त नै नरहेको अवस्थामा पार्टीको विधान मिचेर नेकपा एमालेको सदस्य नै नरहेका व्यक्तिहरूलाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गरेको भनी सार्वजनिक गरियो  । अवैध निर्णय रद्द गरी नेकपा एमालेलाई पूर्ववत् स्थितिमा क्रियाशील बनाई अगाडि बढ्न केपी शर्मा ओलीसँग पार्टी केन्द्रीय कार्यकालमा भएको वार्ता लगायत विभिन्न किसिमले भएका कुराकानीमा आग्रह गर्यौं ।तर नेपालको स्वाभिमानमा धक्का लाग्ने गरी बाह्य शक्तिसँग साँठगाँठ गर्दै केपी ओलीबाट देश, जनता र कम्युनिस्ट पार्टीलाई कमजोर तुल्याउने काम जारी रह्यो।’

उनीहरुले राष्ट्रिय कार्यकर्ता भेलाले नेकपा एमालेको सबै संरचना सर्वोच्च अदालतको फैसला अनुरूप पूर्ववत् क्रियाशील तुल्याई पार्टी एकतालाई जोगाउन गरेको आग्रहलाई ओलीबाट स्वीकार नगरिएको भन्दै आपत्ति जनाएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *