भावी रणनीति बनाउन एमालेको नेपाल पक्ष छलफलमा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठक बसिरहेको छ । कलंकीस्थित मेगा पार्टी प्यालेसमा जारी बैठकमा वरिष्ठ नेता नेपाल, उपाध्यक्ष डा. भीम रावल तथा स्थायी कमिटी सदस्य घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको कदमपछि आगामी रणनीति बनाउने विषयमा छलफल गर्न बैैठक बसेको हो ।

ओली स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै नेपाल पक्ष समानान्तर कमिटी गठन गरी अघि बढेको छ । नेपाल पक्षले युवा संघको नयाँ कमिटी बनाएको छ भने कास्कीमा जिल्ला कमिटी गठन गरेको छ ।

बैठकले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत कार्ययोजना बनाउने बताइएको छ । नेपाल पक्षले विधानविपरीत ओलीका निर्णय र कदमको विरोधमा देशव्यापी प्रतिवाद गर्ने जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *