प्रज्जवल थापा । तेस्रो इन्ट्रा म्याड्रिडष्टा फुटसल प्रतियोगिताको लागि उपत्यका बाहिरका टिमहरु आज पोखरा आउने भएका छन् । प्रतियोगिता चैत २१ गते शनिबार पोखरा विन्दवासिनीको अधिकारी टोलस्थित टुटिसाल फूटसलमा हुनेछ । ।
रियल म्याड्रिड फेन क्लब नेपाल- पोखरा विङ्सले आयोजना गर्ने प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ । सहभागि टोलीमध्य चार टिम फेन क्लबकै विङ्स रहेका छन् । उपत्यका बाहिरका काठमाडौं विङ्स, नुवाकोट विङ्स, चितवन विङ्स र हेटौंडा विङ्स आज पोखरा आउने कार्यक्रम रहेको छ ।
नेपालका विभिन्न ठाउँबाट प्रतियोगितामा सहभागिता जनाउन आउने टिमहरुलाई पोखरामा स्वागत गर्न आफुहरु आतुर रहेको रिजनल हेड मदन लम्सालले बताए । उनले भने, ” यस प्रतियोगिताको लागि देशको विभिन्न ठाउँबाट टोलीहरु आउदै हुनुहुन्छ । उहाँहरुलाई स्वागत गर्न हामी आतुर छौ ।”
प्रतियोगिताको प्रत्यक्ष प्रशारण रियल म्याड्रिड फेन क्लब नेपालको फेसबुक पेजबाट हुनेछ ।
