इन्ट्रा म्याड्रिडष्टा फूटसलको प्रत्यक्ष प्रशारण हुने

प्रज्जवल थापा । तेस्रो इन्ट्रा म्याड्रिडष्टा फूटसल प्रतियोगिताको प्रत्यक्ष प्रशारण हुने भएको छ । प्रत्यक्ष प्रशारण रियल म्याड्रिड फेन क्लब नेपाल र नेपाल समाजको आधिकारिक फेसबुक पेजबाट संयुक्त रुपमा हुनेछ ।

खेल स्थलमा उपस्थित हुन नसक्ने समर्थकहरुको लागि भनेर प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको कार्यक्रम संयोजक अमित ठकुरीले नेपाल समाजलाई बताए । उनले भने, “हाम्रो लक्ष्य भनेको धेरै भन्दा धेरै फूटबल समर्थकसँग जोडिने हो । त्यसैले हामीले लाइव गरेर मैदानमा उपस्थित हुन नसक्ने व्यक्तिहरुलाईपनि घरमै बसेर खेलको मनोरञ्जन लिन सक्ने व्यवस्था गरेका हौ ।”

रियल म्याड्रिड फेन क्लब नेपाल- पोखरा विङ्सले आयोजना गर्ने प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ । प्रतियोगिता भोलि चैत २१ गते(शनिबार) पोखरा विन्दवासिनीको अधिकारी टोलस्थित टुटिसाल फूटसलमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *