इन्ट्रा म्याड्रिष्टा फुटसलको लागि काठमाडौं, नुवाकोट र हेटौंडाको टोली घोषणा

प्रज्जवल थापा । स्पेनिस क्लब रियल म्याड्रिडको आधिकारिक फेन क्लब रियल म्याड्रिड फेन क्लब नेपाल-पोखराको आयोजनमा हुन लागेको तेस्रो इन्ट्रा म्याड्रिष्टा फूटसल प्रतियोगिताको लागि काठमाडौं, नुवाकोट र हेटौंडा विङ्सले आफ्नो टोलीको घोषणा गरेका छन् ।

मंगलबार आशिष श्रेष्ठको कप्तानीमा काठमाडौंले आठ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा कप्तान आशिष श्रेष्ठसहित पुस्कार मगर, सहिल विष्ट, क्रिजल खड्का, विष्णु फुयाल, मन्जित ढुंगाना, सन्तोष रोक्का र डम्बर बानियाँले स्थान बनाएका छन् । व्यवस्थापकको रुपमा विशाल गौतम र ज्योति सापकोटा रहेका छन् । खेलाडीको छनोट खुल्ला रुपमा उनीहरुको खेल हेरेर गरिएको काठमाडौंका व्यवस्थापक विशाल गौतमले बताए ।

हेटौंडालेपनि सुवास रायमाझीको कप्तानीमा आठ सदस्यीय टोलीको घोषणा गरेको छ । टोलीमा सुवाससहित शसाङ्क महतो, सन्नी कट्वाल, तकदिर बर्तौला(गोलरक्षक), शिद्धान्त पुडासैनी, लवसन पोखरेल, अशिम खनाल, इरोज थापा मगर/ विवेक फुयाल रहेका छन् । हेटौंडाको व्यवस्थापकको जिम्मेवारी भने मनिष भट्टराईले निर्वाह गरेका छन् ।

यस्तै नुवाकोटको टोलीमा ग्याल्जेन शेर्पा, पृथ्वी नरसिंह प्याकुरेल, श्रीजय जङ पाण्डे, देवेन्द्र श्रेष्ठ(गोलरक्षक), सम्व्रान्त डंगोल, विजय नगरकोटी, रिजन परियार र सुरेश तामाङ रहेका छन् । नुवाकोटको कप्तान र व्यवस्थापकको जिम्मेवारी ग्याल्जेन शेर्पाले समाल्नेछन् ।

प्रतियोगिताको तयारी तिब्र रुपमा अगाडि बढिरहेको आयोजक पोखरा विङ्सका सचिव बसन्त गौतमले नेपाल समाजलाई बताए । गौतमले भने, ” हामीले प्रतियोगिताको तयारी तिब्र रुपमा अगाडि बढाइरहेका छौ । प्रतियोगितालाई भव्य र सव्य रुपमा सञ्चालन गर्ने हाम्रो लक्ष्य रहेको छ ।”

प्रतियोगिता पोखरामा चैत २१(शनिबार) गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *