थ्री नेसन्स कप फाइनल: बंगलादेशविरुद्ध नेपालको शुरुवाती ११ घोषणा

प्रज्जवल थापा । गोलरक्षक किरण चेम्जोङको कप्तानीमा बंगलादेशविरुद्ध नेपालको शुरुवाती ११ घोषणा भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने थ्री नेसन्स कपको फाइनल खेल ५:३० बजे शुरु हुँदैछ ।

समूह चरणको दुई खेलमा बेन्चमा रहेका विशाल राई र सुनिल बलले आजको खेलमा शुरुवाती ११ मा स्थान बनाएका छन् । यस्तै अभिषेक रिजाल र रवि पासवान भने प्लेइङ सेटबाट बाहिरिएका छन् ।

आजको खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । नेपालको आजको लक्ष्य आफ्नो गोलको खडेरी टोड्दै उपाधि जित्ने रहेको छ । नेपालले आफ्नो पछिल्लो ७ अन्तराष्ट्रिय खेलमा गोल गर्न सकेको छैन । समुहको पहिलो खेलमा किर्गिस्तान यु-२३ सँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमापनि बंगलादेश विरुद्ध ०-० गोलको बराबरी खेलेको थियो ।

बंगलादेशले प्रतियोगिताको उद्धाटन खेलमा किर्गिस्तानलाई १-० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालसँग गोलरहित बराबरी खेलेको थियो ।

नेपालको शुरुवाती ११:
किरण चेम्जोङ;
रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी;
संजोग राई, तेज तामाङ;
त्रिदेव गुरुङ, विशाल राई, सुनिल बल;
अन्जन विष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *