काठमाडौं । आइतबार होली पर्वका अवसरमा विभिन्न आपराधिक घटना भएका छन् । बागलुङमा होली मेलामा भएको झडपमा दुई जनाको मृत्यु भएको छ । काठमाडौंका बसन्तपुरमा खुकुरी हानाहानमा चार जना घाइते भएका छन् ।
यस्ता अपराधिक घटना होलीका अवसरमा थुप्रै भएका छन् । गोंगबु बसपार्कमा पनि आइतबार यस्तै एउटा घटना भएको छ । जहाँ एक युवकलाई मरणासन्न हुने गरी कुटपिट भएको दृष्य यतिबेला सामाजिक संजालमा भाइरल भएको छ ।
गोंगबु बसपार्कको दुई नम्बर गेट छेउमै प्रहरी प्रशासन भएपनि त्यो घटना बेवास्ता गरेको भन्दै सामाजिक संजालमा प्रहरीको आलोचना भएको छ । सामाजिक संजालमा रमा ओलीले भिडियो पोष्ट गर्दै भनेकी छन्, ‘गोंगबु बसपार्कमा भएको भर्खरै दुःखद् घटना एक जना निर्दोष नागरिकलाई निर्घात कुटपिट । २ नम्बर गेट छेउ खै पुलिस प्रसासन कहाँ छ ?’
