बंगलादेशसँग बराबरी खेल्दै नेपाल थ्री नेसन्स कपको फाइनलमा

प्रज्जवल थापा । घरेलु टोली नेपाल थ्री नेसन्स कपको फाइनल प्रवेश गरेको छ । शनिबार बेलुकी भएको समुहको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ०-० गोलको बराबरी खेल्दै प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।

अब नेपालले उपाधिको लागि सोमबार बंगलादेशकै सामना गर्नेछ । यस्तै किर्गिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पूरा समय बल पोजिसनमा आफ्नो पडक जमाएपनि गोल गर्न नसक्दा नेपाल बराबरीमा चित्त बुझाउन बाध्य भयो । २१ औं मिनेटमा त्रिदेवको क्रसमा अन्जनले गरेको हेडर पोस्टमाथिबाट बाहिरिदा नेपालले खेलमा अग्रता लिने मौका गुमाएको थियो । २४ औं मिनेटमा त्रिदेव गुरुङको प्रहारले पोस्टको दिशा लिन सकेन ।

३७ औं मिनेतमा बंगलादेशका मोहम्मद इमोनको हेडर दिनेश राजवंशीले क्लियर गरे । ४० औं मिनेटमा बंगलादेशका जमाल भुयाको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरियो । नेपालले दोस्रो हाफमापनि बंगलादेशलाई दबाबमा राखेको थियो । ५८ औं मिनेटमा सुनिलको पासमा अन्जनको प्रहार सटिक हुन सकेन । ६५ औं मिनेटमा रन्जितको क्रसमा अविषेकको हेडर पोस्ट नजिकैबाट बाहिरियो । यस्तै ८१ औं मिनेटमा दिनेशको थ्रो बलमा दर्शन गुरुङको हेडर क्रस बारमा लागेर बाहिरियो ।

बराबरीसँगै दुवै टोलीले एक/एक अङ्क बाढेका छन् । समुहको २ खेलमा ४ अङ्क जोडेको बंगलादेश शिर्ष स्थानमा र समान खेलमा २ अङ्क जोड्दै दोस्रो स्थानमा रहेर नेपाल फाइल पुगेका छन् । दुई खेलमा १ अङ्क जोडेको किर्गिस्तान समुहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *