बगालेको अध्यक्षतामा संसदीय ममिला पत्रकार समाजको नयाँ कार्यसमिति चयन

काठमाडौं । संसदीय मामिला पत्रकार समाजको आगामी कार्यकालका लागि सञ्जिव बगालेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समाजको शनिबार भएको निर्वाचनले उपसभापतिमा डीपी उपाध्याय र तुलसी सापकोटा, महासचिव विष्णु खड्का, सचिव जयसिंह महरा र दीपेश श्रेष्ठ तथा कोषाध्यक्षमा सिर्जना घिमिलेलाई चयन गरेको हो ।

समाजको सातौँ अधिवेशनबाट कार्यसमितिका सदस्यमा रोशन सापकोटा, सविता शर्मा, अङ्गराज न्यौपाने, किरण दाहाल, शम्भुु दङ्गाल, आकाश घिमिरे, केशवबहादुर भूल र अमरदीप श्रेष्ठ दुुई वर्र्षे कार्यकालका लागि निर्वाचित भएका छन् ।

संसद् र संसदीय समितिलाई मुख्य बिट बनाएर समाचार लेख्ने र तस्बीर खिच्ने पत्रकारको साझा थलोका रुपमा समाज रही आएको छ । समाजको पछिल्लो अद्यावधिकमा १३६ जना पत्रकार सदस्य कायम छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *