विश्वकप छनोट: पोर्चुगललाई सर्बियाको चुनौती

प्रज्ज्वल थापा । फिफा विश्वकप छनोट-२०२२ को युरोपेली छनोट अन्तर्गत आज हुने खेलमा सर्बियाले पोर्चुगलाई आफ्नो चुनौती पेश गर्दैछ । खेल नेपाली समय अनुसार राति १:३० बजे शुरु हुनेछ ।

गत बिहीबार भएको छनोटको पहिलो खेलमा आयरल्याण्डलाई ३-२ गोल अन्तरले पराजित गरेको सर्बिया आज घरेलु मैदानमा हुने खेलमा जित निकाल्न चाहन्छ । सर्बिया आफ्नो पछिल्लो ५ खेलमा अपराजित रहेको छ ।

पछिल्लो खेलमा अजरबैजानमाथि १-० गोलको सङ्घर्षपूर्ण जित निकालेको पोर्चुगल आजको खेलमापनि जित निकाल्ने लक्ष्य साथ मैदान उत्रिनेछ । पोर्चुगलले पछिल्लो ५ खेल मध्य ४ खेलमा जित निकालेको छ ।

सर्बिया र पोर्चुगलबिच भएको पछिल्लो ४ खेल मध्य ३ खेल पोर्चुगलले जित्दा एक खेल बराबरीमा सकिएको थियो । यस्तै समुहको अर्को खेलमा आयरल्याण्डले लुक्सेमबोउर्गको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *