इटाली, फ्रान्स र जर्मनीका विदेशमन्त्री लिबियामा

लिबियाको राजधानी त्रिपोलीमा बिहीबार तीन वटा युरोपेली देशका विदेशमन्त्रीहरु पुगेका छन् । इटालीका विदेशमन्त्री लुइगी डि माइयो, फ्रान्सेली विदेशमन्त्री जिन युभास लि ड्रियाना र जर्मनीका विदेशमन्त्री हाइको मास त्रिपोली पुगेका हुन् ।

उनीहरुले बिहीबार लिबियाको पछिल्लो राजनीतिक अवस्थाका साथै आगामी लिबियामा कूटनीतिक उपस्थितिका विषयमा पनि आवश्यक कुराकानी भएको जनाइएको छ । उनीहरुले लिबियाको अहिलेको अवस्थामा युरोपेली देशहरुले के कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा कुराकानी गरेका थिए ।

उनीहरुका साथमा लिबियाका विदेशमन्त्री पनि रहेका जनाइएको छ । उनीहरुले लिबियाका प्रधानमन्त्री अब्दुल हमिद डिबेहसँग भेटवार्ता गरेका छन् । उनीसँग त्यस भेटवार्ताका क्रममा अवैध रुपमा लिबियाबाट अवैध रुपमा बाहिर जाने गरेका र लिबिया पुग्ने गरेका आप्रवासीहरुका विषयमा कुराकानी भएको लिबिया सरकारको सूचना विभागले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

विज्ञप्तिमा लिबियाका विषयमा युरोपेली देशहरुको धारणका साथसाथै लिबियाको विकासका लागि आगामी दिनमा युरोपका देशहरुले के कस्तो विषयमा सहयोग र परामर्श अघि बढाउने भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *