प्रज्जवल थापा । भारत र इङ्ल्याण्डबिचको दोस्रो एक दिवसीय(ओडोआई) खेल आज हुँदै छ । महाराष्ट्र क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे शुरु हुनेछ ।
दुई टोलीबिचको ३ खेलको सिरिजमा भारतले १-० को अग्रता लिईसकेको छ । आज पुनेमा हुने खेल जित्दै भारत सिरिज आफ्नो पोल्टामा पार्न चाहन्छ । गत मंगलबार भएको खेलमा भारतले इङ्ल्याण्डलाई ६६ रनले पराजित गर्दै सिरिजमा अग्रता लिएको थियो ।
यता इङ्ल्याण्ड आजको खेल जित्दै सिरिजमा पुनरागमन गर्न चाहन्छ । इङ्ल्याण्डका कप्तान इयोन मोर्गानले सिरिजको बाँकी दुई खेल गुमाउने पक्का भैसकेको छ । उनले हातको औलामा चोट बोकेका थिए । उनको अनुउपस्थितिमा कप्तानको जिम्मेवारी जोस बट्लरले समाल्नेछन् ।
भारतले इङ्ल्याण्डविरुद्धको ४ खेलको टेस्ट सिरिज ३-१ र ५ खेलको टि-२० सिरिज ३-२ ले जितेको थियो ।
भारतको सम्भावित ११:- रोहित शर्मा, शिखर धवन, विराट कोहली(कप्तान), शुर्यकुमार यादव/ऋषव पन्त, केएल राहुल, हार्दिक पाण्डय, कुर्नाल पाण्डय, भुवनेश्वर कुमार, शार्धुल ठाकुर, युज्वेन्द्र चहाल, प्रशिध क्रिश्न
इङ्ल्याण्डको सम्भावित ११:- जेसोन रोय, जोनि बैर्स्ट्रो, बेन स्टोक्स, डेविड मलान, जोस बट्लर(कप्तान), लिएम लिभिङ्स्टोन, मोइन अली, साम कुरान, अदिल रशिद, रेक टोप्ले, मार्क वुड
