थ्री नेसन्स कप: आज नेपाल र किर्गिस्तान भिड्दै

प्रज्जवल थापा । थ्री नेसन्स कप अन्तराष्ट्रिय फूटबल प्रतियोगिता अन्तर्गत आज हुने खेलमा नेपाल र किर्गिस्थान यु-२३ भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ५:३० बजे शुरु हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा नेपाल जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । आजको खेल जितेको खण्डमा नेपाल फाइनल पुग्नेछ । बुधबार प्रशिक्षक बाल गोपल महर्जनले प्रतियोगिताको लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका थिए । नवयुग श्रेष्ठसहित १० खेलाडी टोलीबाट बाहिरिदा ५ नयाँ अनुहारले मौका पाएका छन् ।

प्रतियोगिताको उद्धाटन खेलमा बंगलादेशसँग १-० गोलले पराजित भएको किर्गिस्थानलाई आजको खेल जित्नैपर्ने दबाब रहेको छ । आजको खेल हारेको खण्डमा किर्गिस्थान प्रतियोगिताबाट बाहिनेछ । पहिलो खेलमा जित निकालेको बंगलादेश ३ अङ्कको साथ शिर्ष स्थानमा रहेको छ ।

नेपाल र किर्गिस्थानबिच भएको पछिल्लो दुई भेटमा एक खेल किर्गिस्थानले जितेको थियो भने एक खेल बराबरीमा सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *