व्यापारीको स्वार्थमा पानीको मूल्य निर्धारणः प्रतिजार १७ रुपियाँ महँगो हुने

काठमाडाैँ । प्रतिनिधिसभाको संसदीय समितिले व्यापारीको स्वार्थ अनुकूलमा उपभोक्तालाई भार पर्ने गरी पानीको मूल्य बढाउन निर्देशन दिएको छ । कानून निर्माण तथा नीतिगत निर्देशन दिने जिम्मेवारी पाएको संसदीय समितिले उद्योगीलाई फाइदा हुने गरी पानीको मूल्य बढाउन निर्देशन दिएको हो ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खुल्ला बजारमा हस्तक्षेप गर्दै अहिले बजारमा बिक्री भइरहेको मूल्यभन्दा बढी मूल्य तोकेर कार्यान्वन गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएको छ ।

खुल्ला बजारमा अहिले पिउने पानी प्रतिजार ३० देखि ४५ रुपियाँमा बिक्री भइरहेको छ । संसदीय समितिले काठमाडौँमा प्रतिहजार अधिकतम एमआरपी मूल्य ४७ रुपियाँ तोकेर कार्यान्वयन गर्न वाणिज्य विभागलाई निर्देशन दिएको छ । समितिको निर्देशन विभागले कार्यान्वन गरेर मूल्य तोके उपभोक्ताले प्रति जार पानीमा थप १७ रुपियाँसम्म तिर्नुपर्ने समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *