कांग्रेस महाधिवेशनको कार्यतालिका फेरि प्रभावित

काठमाडाैँ । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि तय भएको कार्यतालिका फेरि प्रभावित हुने देखिएको छ । महाधिवेशनका लागि सम्पन्न गर्नुपर्ने कार्यहरु तोकिएको समयभित्र सम्पन्न हुन नसकेका कारण कार्यतालिका फेरि प्रभावित हुने देखिएको हो ।

कांग्रेसले आसन्न महाधिवेशनका लागि मंगलबारसम्म क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण गरिसक्नुपर्ने कार्यतालिका बनाएको थियो । तर सोमबार दिउँसोसम्म ६९ जिल्लाहरुले मात्रै क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण इन्ट्रीकाे काम सुरु गरेका छन् ।

केन्द्रीय कार्यसमितिले क्रियाशील सदस्यता वितरण र नयाँ क्रियाशील सदस्यताको वितरण केन्द्रमा बुझाइ सक्नुपर्ने समयावधि निर्धारण गरेको अन्तिम दिनसम्म पनि अझै आठ जिल्लाले इन्ट्रको काम नै सुरु गरेका छैनन् । क्रियाशील सदस्यता नवीकरण र वितरणको काम व्यवस्थित गर्न पार्टीले सफ्टवेयर नै विकास गरेको छ ।

कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले सोमबार क्रियाशील सदस्यताका बारेमा भएको प्रगतिका बारेमा नेतृत्वलाई जानकारी गराएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको पदाधिकारी र पूर्व पधाधिकारीहरुसँग भएको छलफलमा समितिले पार्टीको क्रियाशील सदस्यता वितरणका बारेमा भएको प्रगतिको बारेमा जानकारी गराएको समाचार हिमालय टाइम्स दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *