आज नेपाली खेलाडी सम्मीलित मासा युनाइटेड र काँरची भिड्दै

प्रज्जवल थापा । पाकिस्तान नेसनल वुमेन्स फूटबल च्याम्पियनसिपमा आज नेपाली खेलाडी सम्मीलित मासा युनाइटेड र काँरची वुमेन्स फूटबल क्लब भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे शुरु हुनेछ ।

नेपाली राष्ट्रिय महिला टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा रहेको मासा युनाइटेड आजको खेलमापनि आफ्नो विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ। समुह ‘बी’ मा रहेको मासा युनाइटेडले लिगको पहिलो खेलमा सिअलकोट सिटी महिला फूटबल क्लबलाई १९-० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा हाइयर एजुकेसनलाई ४-० गोलले पराजित गरेको थियो ।

नेपाली खेलाडी शरु लिम्बुले प्रतियोगितामा ११ गोल गरिसकेकी छिन् । यस्तै फवार्ड अनिता केसीले ८ गोल गर्दा डिफेन्डर गिता रानाले एक गोल गरेकी छिन् । यस्तै गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले दुवै खेलमा गोल बेहोरेकी छैनन् ।

तस्बिर:- अनिता केसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *