काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारले नेतृत्व लिन पार्टी तयार रहेको बताएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि महतले आवश्यक परे सरकारको नेतृत्व गर्न पार्टी तयार रहेको बताएका हुन् ।
उनले त्यसका लागि परिस्थिति सुनिश्चित र परिपक्क भएको नभएको बताए । बैठकमा क्रियाशिल सदस्यता छानविन समितिले क्रियाशील सदस्यताको व्यवस्थापनको सम्बन्धमा भएको प्रगति, कमीकमजोरी लगायतबारे जानकारी गराएको थियो ।
क्रियाशिल सदस्यता सुरु नै नभएका सप्तरी, सिरहा, धनुषा, रसुवा, बारा, बर्दिया, बाँके, रुकुम पूर्व र डोल्पाका सम्बन्धमा कसरी अगाडि बढ्ने बारेमा बैठकमा छलफल भएको नेता लेखकले जानकारी दिए ।
सोमबारसम्म जम्मा ३ लाख ९२ हजार ७ सय ९४ जनाले क्रियाशील सदस्यताको सम्पूर्ण जानकारी इन्ट्री भईसकेको र त्यसमध्ये नयाँ १ लाख ८० हजार २ सय ७५ जना र नविकरण भएकोमा २ लाख १२ हजार ५ सय १९ जना रहेको उनले जानकारी दिए ।
लेखकका अनुसार मुलुकभर १० लाख क्रियाशिल सदस्य रहेको अनुमान कांग्रेसले गरेको छ । कांग्रेसले महाधिवेशनको पस्र्वसन्ध्यामा नविकरण र नयाँ वितरणका लागि भोलि मंगलबारसम्मको समय दिएको थियो ।
