होटललाई लकडाउन अवधिको विद्युत महसुल छुट (मन्त्रिपरिषद्का निर्णयसहित)

काठमाडौं । सरकारले होटल तथा रेस्टुरेन्टलाई कोरोना संक्रमणका कारण गरिएको लकडाउन अवधिको विद्युत महसुल छुट दिने निर्णय गरेको छ ।

चार वटा मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले होटल उद्योगको रुपमा सञ्चालन भएका उद्योगमध्ये नियमित नवीकरण गरी कर विवरण पेस गरेका होटल तथा रेस्टुरेन्टलाई विद्युत महसुल छुट दिने निर्णय भएको जानकारी दिए ।

अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले छुट दिने निर्णय गरेको उनले बताए । यो निर्णयसँगै अब होटल तथा रेस्टुरेन्टले गत चैत ९ गतेदेखि भदौ मसान्तसम्मको विद्युत शुल्क तिर्नुपर्ने छैन । त्यसैगरी असोज १ गतेदेखि माघ मसान्तसम्मको विद्युत् शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय पनि बैठकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *