काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र राईले आफूहरु कारबाही भोग्न तयार रहेको बताएका छन् । आइतबार सामाजिक संजाल फेसबुकमार्फत राईले पार्टीले कारबाही गरे त्यो भोग्न तयार रहेको तर प्रतिगमनकारीसँग कुनै सम्झौता नगर्ने बताएका हुन् ।
उनले लेखेका छन्,‘कारबाही हुन्छ, जनप्रतिनिधि पद नी जान सक्छ, आउने चुनाव नजितिएला तर पनि निरंकुशता, प्रतिगमन, जनविरोधी दुस्कार्य सँग कुनै सम्झौता हुने छैन, न्याय, समानता, समाजवादको आन्दोलन लामो र कठिन छ, त्यो राम्रोसँग थाहा छ र यो पनि थाहा छ, प्रतिगामी, प्रतिक्रान्तिकारी,गद्दार कम्युनिस्ट पार्टीभित्र जन्मिन सक्छ, इतिहासमा धेरै पटक जन्मिएका छन् तर पनि जनताको आन्दोलन, कम्युनिस्ट आन्दोलन रोकिएको छैन, रोकिने छैन !’

