काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् ।
आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरेका कार्यकर्ताहरुलाई नेपाली कांग्रेस पार्टीमा प्रवेश गराउँदै नेता सिंहले सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले न्यूनतम नैतिकता समेत नदेखाएको उनको भनाई थियो । माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको तथा जनता समाजवादी पार्टीले सरकारको राजीनामा माग नगरेको परिस्थिति भएपनि राजनीतिको मुल्यमान्यताको ख्याल गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए ।
सिंहले कम्युनिष्ट पार्टीले जनताले पाँच वर्षका लगि दिएको म्याण्डेड पुरा गर्न नसकेको बताए । देशलाई अस्थिरता बाट बचाउन सबै दलहरुले निकास दिनुपर्ने बताए ।
