काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिटलरसँग तुलना गर्दै उनीबाट थप निरंकुश कदम चालिँदै जाने खतरा औंल्याइ सचेत गराएका छन् ।
डा भट्टराईले आइतबार बिहान ट्विट गर्दै नेपालमा उदय भइरहेको हिटलरले “पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ¨ भनेका छन् ।
‘हिटलरबारे चर्चित भनाइ छ– ‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनँ। किनकि म यहुदी थिइनँ…अन्त्यमा उनीहरू मविरूद्ध आइलागे,कोही पनि बोलेन। किनकि कोही पनि बाँकी थिएन,’ सामाजिक सञ्जामार्फत आफ्नो धारणा राख्दै डा भट्टराईले सचेत गराएका छन्, ‘नेपाली हिटलरको उदय त्यसरी नै भैरहेछ ! उसले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ । होसियार !’
हिट्लरबारे चर्चित भनाइ छ-‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे,म बोलिनॅ किनकि म यहुदी थिइनॅ;…अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे,कोही पनि बोलेन किनकि कोही पनि बाॅकी थिएन!’नेपाली हिट्लरको उदय त्यसरी नै भैरहेछ!उसले पार्टी,राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउॅदैछ!होशियार!
— Baburam Bhattarai (@brb1954) March 21, 2021
