USAID

केपी कमरेड २०७५ जेठ तीन अघि फर्किनुस्, हातेमालो गर्न तयार छौंः वरिष्ठ नेता नेपाल


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा सबैभन्दा ठूलो समस्याको जड नै अध्यक्ष केपी ओली भएको बताएका छन् ।

युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले सर्वोच्च अदालतको फैसलापछि पूर्ववत संरचनालाई नै अस्तित्वमा ल्याउँ भन्ने आफूहरुको प्रस्ताव ओलीले नमानेको बताएका हुन् ।

उनले आज पार्टीभित्र विवाद हुनुनै ओली पूर्ववत अवस्थामा नआउनु भएको बताए । उनले भने, ‘पूर्वएमाले व्यूँतनुको अर्थ पूर्व एमालेमा केपी ओली पनि आउनुपर्यो । हामी पनि त्यही ठाउँमा पुग्न पर्यो । हामी केपी ओलीमा जाने होइन । यो कुरा प्रष्ट हुनुपर्यो । पूर्वएमाले व्यूँतनु भनेको पुरानो संगठन फेरि व्यूँताउने हो । आज पार्टी भित्र विवाद भईरहेको कुरा त्यही छ । केपी ओली त्यो कुरा मान्न तयार हुनुहुन्न ।’

उनले पार्टीमा तीन बर्षदेखि लागेको खिया हटाउने प्रयास आफूहरुले गरेको बताए । नेता नेपालले पुराना कुरा बिर्सन तयार रहेको भन्दै नयाँ ढंगले अगाडि बढ्न अध्यक्ष ओलीलाई आग्रह गरे ।

उनले भने, ‘ केपी कमरेड पुराना कुरा विर्सनुस् । २०७५ जेठ तीन अघिमा फर्किनुस् । यसअघि गरेका निर्णय फिर्ता लिनुस् । हामी हातेमालो गरेर अघि बढ्न तयार छौं ।’ उनले अध्यक्ष भनेको पार्टीको अविभावक भएकाले असन्तुष्टलाई फकाउनुपर्नेमा ओलीको बदलाको भाव लिएको बताए ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *