USAID

प्रतिनिधिसभाले बिस्तारै लय समात्छः सभामुख


काठमाडौं । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाले बिस्तारै लय समात्ने बताएका छन् । शनिबार जी.पी.कोइराला मेमोरियल कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा सञ्चालनमा केही समस्या भएका कारण त्यसलाई लयमा फर्काउन मेहनत गर्नुपर्ने बताएका हुन् ।

संसद छलफल, बहस, वादविवाद र संवाद हुँदै अघि बढ्ने भन्दै उनले चुनौतीहरुको सामना गर्न प्रतिकुलतामा पनि अनुकुलता खोज्ने उपायहरु खोजिरहेको बताए । संसदका अनेकौ चुनौतीहरुको सामना गर्दै गुणस्तरीय कानुन निर्माणको लागि प्रयत्न गरिरहेको उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले राजनीतिक पार्टीहरु बीच सहमति र सहकार्य हुन नसकेको भन्दै सहमतिका साथ मुलुकलाई राजनीतिक स्थिरतातर्फ लैजानुको विकल्प नभएको बताए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *