ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने नेपाल पक्षको निर्णय

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ माधव नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबारका लागि बोलाएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको शुक्रबार बसेको बैठकले प्रधानमन्त्री निवासमा बैठक राखेर दललाई निजीकरण खोजिएको र २८ फागुनको बैठकका निर्णय खारेज नभएसम्म भोलिका लागि आह्वान गरिएका केन्द्रीय कमिटी बैठकमा पनि सहभागी नहुने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको फैसलाले एकतापछिको नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँतिएको थियो । त्यसपछि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले २८ फागुनमा आफू पक्षीय केन्द्रीय कमिटी बैठक राखेर अध्यक्ष र महासचिवबाहेकको जिम्मेवारी खोसेका थिए भने माओवादीबाट २३ जनालाई केन्द्रीय कमिटीमा मनोनयन गरेका थिए ।

त्यसपछि असन्तुष्ट बनेका नेपाल पक्षले ललितपुरमा चैत ४ र ५ गते राष्ट्रिय भेला गरेको थियो । भेलाले एमालेलाई एकताबद्ध पार्ने र देशभर संगठात्मक अभियान चलाउनेलगायतका निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *