USAID

महिलालाई जिउँदै पुर्ने एक्साभेटरका चालक पक्राउ


काठमाडौँ । धादिङमा एक्साभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई जिउँदै पुर्ने चालक पक्राउ परेका छन् । सडक निर्माणका क्रममा एक्साभेटरको ठक्करपछि घाइते भएकी ४५ वर्षीया सरस्वती कुमाललाई जिउँदै पुर्ने चालक भीमबहादुर बुढाथोकीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।

सीआईबीका अनुसार चालक बुढाथोकीलाई कञ्चनपुरबाट पक्राउ गरिएको हो । धादिङको त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई एक्साभेटरले ठक्कर दिएको थियो । ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन् । एक्साभेटर चालक बुढाथोकीले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएका थिए । खाल्डोमा पुरिदिएपछि उनको मृत्यु भएको थियो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *