USAID

हारका बाबजुद आर्सनल युरोपा लिगको क्वाटरफाइनलमा


प्रज्जवल थापा । इङ्लिस क्लब आर्सनल युईएफए युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनल ओलम्पिकोसँग १-० गोलले पराजित भएतापनि समाग्रमा ३-२ गोलको जित निकाल्दै लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

दुई टोलीबिच भएको पहिलो लेगमा आर्सनल ३-१ गोलले विजयी भएको थियो । बिहीबार राति इमिरेट्स रंगशालामा भएको खेलमा ओलम्पिकोसलाई जित दिलाउन युसेफ एल अर्बिले गोल गरेका थिए । खेलको ५१ औं मिनेटमा मासोउरासको पासमा अर्बिले गोल गर्दै ओलम्पिकोसलाई खेलमा अगाडि बढाएका थिए ।

बाँकी समयमा थप गोल गर्न नसक्दा खेल १-० गोलले जितेपनि समाग्रमा ३-२ गोलले पराजित हुँदै ओलम्पिकोस प्रतियोगिताबाट बाहिरिएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *