साविक विजेता बार्यन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

प्रज्जवल थापा । साविक विजेता बार्यन म्युनिख युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधवार राति घरेलु मैदानमा भएको खेलमा बार्यनले इटालियन टोली लाजियोलाई २-१ ले तथा समाग्रमा ६-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्यनलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र इरिक मासिमा कोउपो मोटिङले एक/एक गोल गरे । खेलको ३३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बार्यनलाई खेलमा अगाडि बढाएका थिए ।

७३ औं मिनेटमा डेभिड अल्बाको पासमा चोउपो मोटिङले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । ८२ औं मिनेटमा लाजियोको लागि एन्ड्रेस पेरेराको पासमा मार्को पारोलोले सान्तवना गोल गरे । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्यन २-१ गोलले विजयी भएको हो ।

पहिलो लेगमापनि बार्यनले लाजियोलाई ४-१ गोलले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *