USAID

कसैले पद जान्छ कि भनेर डराउनु पर्दैनः अष्टलक्ष्मी शाक्य


काठमाडौँ नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले यो गुटको भेला नभएर नेकपा एमालेको भएको बताएकी छन् । ललिपुरमा आफू पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले केपी ओलीले जसरी आफूहरुले गुट नचलाएकाले यसलाई गुटगत भेलाका रुपमा नबुझ्न आग्रह गरेकी हुन् ।

उनले भनिन्, ‘म सबैलाई भन्न चाहन्छु। पार्टीले आयोजना गरेको यो भेलामा आउन कोही डराउनु पर्दैन । यो कुनै गुटको भेला होइन एमालेको भेला हो । केन्द्रीय समितिले आयोजना गरेको भेला हो । ढुक्क भएर बस्नु होला ।’ उनले ओलीको धम्कीसँग नडराउन पनि पार्टी नेता कार्यकर्तालाई आग्रह गरेकी छन् । उनले कसैले पद जान्छ कि भन्ने डराउनु नपर्ने भन्दै पद त कम्युनिष्ट आन्दोलन बचाउन सके आफ्नो पछि लागेर आउने बताइन् ।

उनले फागुन २८ गते गुटगत भेला गरेर ओलीले विधिसम्मत काम नगरेको भन्दै त्यसलाई सच्याएर आए एक हुन सकिने बताइन् । उनले नेता कार्यकर्तालाई निरास नहुन आग्रह गरेकी छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *