बन्दुकधारीको आक्रमणबाट नाइजरमा कम्तीमा ५८ जनाको मृत्यु

नाइजरको सरकारले मालीसँगको सीमा नजिकै भएका दुई वटा हमलामा परी कम्तीमा ५८ जना मानिसहरू मारिएको बताएको छ ।

अधिकारीहरूका अनुसार सोमबार बन्धुकधारीहरूले बजारबाट घर फर्किरहेका ती मानिसहरू सवार गाडीलाई निशानामा पारेका थिए ।

एउटा गाडीमा आगो लगाइएको छ। नाइजर सरकारले त्यहाँ तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । उक्त हमला कसले गराएको भन्ने अझै स्पष्ट छैन।

तर उक्त क्षेत्रमा विगतमा समेत थुप्रै पटक इस्लामिक स्टेट र अलकायदासँग सम्बन्ध रहेका समूहहरूबाट हमला भएका थिए । जनवरीमा मात्र त्यस क्षेत्रमा एक सयभन्दा धेरै गाउँलेहरू मारिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *