USAID

अमेरिकामा तीन स्थानमा भएको गोलीकाण्डमा आठ जनाको मृत्यु


अमेरिकाको जोर्जिआमा तीन स्थानमा भएको गोली प्रहारमा परी ६ जना एशियाली महिलासहित कम्तीमा आठ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार एट्लान्टाको उत्तरतिर रहेको एक मसाज पार्लरमा चार जना र एट्लान्टाकै दुई स्पामा चार जनाको मृत्यु भएको हो ।

अधिकारीहरूले तीनवटै घटनाका संलग्न रहेको आशङ्कामा एक २१ वर्षीय पुरुषलाई गिरफ्तार गरिएको बताएका छन् । मङ्गलवारको घटनाको कारण बारे बताइएको छैन । तर हालैका दिनमा एशियाली मूलका मानिसले कोरोनाभाइरस फैलाएको आरोप खेपिरहेका बेला अमेरिकामा एशियाली मूलमा मानिसप्रति घृणायुक्त अपराध बढेका छन् ।

गत साता राष्ट्रपति जो बाइडनले एशियाली अमेरिकीप्रति भएको आक्रमण, दुर्व्यवहार र आरोपको खण्डन गरेका थिए । तीनमध्ये पहिलो आक्रमण स्थानीय समयानुसार बेलुकी ५ बजे योङ् एशियन मसाज पार्लरमा भएको थियो ।

प्रहरीका अनुसार दुई जनाको घटनास्थलमै मृत्यु भएको र तीनजना अस्पताल लगिएकोमध्ये दुई जनाको मृत्यु भएको बताएको छ । त्यहाँ मारिएकामध्ये दुई एशियाली महिला, एक श्वेत पुरुष र एक श्वेत महिला रहेको बताइएको छ ।

त्यसको एक घण्टाभन्दा कम समयमा उत्तर–पूर्वी एट्लान्टामा गोल्ड स्पामा लुटपाट भइरहेको खबर प्रहरीले पाएको थियो । त्यहाँ रहेकै अवस्थामा प्रहरीलाई सडकपारि रहेको अरोमाथेरापी स्पामा बोलाइएको थियो जहाँ थप एक जना महिला मृत फेला परेकी थिइन् । एट्लान्टा प्रहरीले सीसीटीभीको भिडियोमा देखिएको शङ्कास्पद व्यक्ति खोज्दै जाँदा एट्लान्टाभन्दा २४० किलोमिटर पर रोबर्ट आरोन लङ्लाई समातेको बताएको छ ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *