काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिटो बिदा गर्न चुक्ने हो भने इतिहासले कसैलाई माफ नगर्ने बताएका छन् ।
डा भट्टराईले सामाजिक सञ्जाल ट्विटमार्फत ओलीलाई छिटो विदा गर्न र लोकतन्त्र तथा संविधानको रक्षा गर्न चुकेकाे अवस्थामा आफूहरुलाई इतिहासले कहिल्यै माफ नगर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओली राज्यका सबै अंग र साधनस्रोत कब्जा गर्ने अनि चुनाव गराउने लक्ष्यसहित अगाडि बढेको भन्दै डा. भट्टराईले प्रधानमन्त्रीले सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाइलको चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपना देखेको पनि उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘राज्यका सबै अंग र साधनश्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन,पर्वेज मुसर्रफ,हुन सेन स्टाइलको चुनाव गराएर आफु चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछिहट्ने कुनै छाँटकाँट नदेख्दा पनि उनलाई छिटो विदा गर्न र लोकतन्त्ररसंविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्नेछैन है !’
राज्यका सबै अंग र साधनश्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन,पर्वेज मुसर्रफ,हुन सेन स्टाइलको चुनाव गराएर आफु चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछिहट्ने कुनै छॅाटकॅाट नदेख्दा पनि उनलाई छिटो विदा गर्न र लोकतन्त्र/संविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्नेछैन है!
— Baburam Bhattarai (@brb1954) March 17, 2021
