देउवाको उदासीनता रहस्यमयः वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको उदासीनता रहस्यमय भएको बताएका छन् । मंगलबार प्रेस युनियन कास्कीले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले आफू जिल्ला भ्रमणमा निस्कनु भन्दा अघि सभापति देउवालाई अघि बढ्नु भनेर आग्रह गरेपनि उहाँ अहिलेसम्म उदासिन देखिनु रहस्यमय भएको बताएका हुन् ।

पौडेलले कांग्रेस अनिर्णयको बन्दी बनेको आरोप लाग्न थालेको भन्दै त्यसलाई सभापतिले चिर्नुपर्ने बताए । उनले भने, एक नम्बर र बागमती प्रदेशमा अविश्वासको प्रस्ताव आउँदा दुईवटै सरकार गिराइदिउँ र केन्द्रको पनि सरकार गिराइदिउँ भनें मैले । ढुलुमले हुनु हुँदैन भनेर भनेको । किनकी कांग्रेसले दायित्व पूरा गर्नुपर्छ । उहाँलाई फोन गरेर सभापतिजी हामी दोधारमा बस्ने होइन, जसपाका नेताहरुलाई ओलीले जेजे गर्छु भन्नुभएको छ हामी पनि गर्छौं र माओवादीलाई पनि साथ लिऔं र ढालिदिऔं ओली सरकार भनेको तर यो कुरा अघि बढ्न सकेन । उहाँलाई फेरि के भयो ?’

उनले कांग्रेस पार्टीको संसदमा सानो संख्या भएपनि नेपालको राजनीतिमा पार्टीको विशिष्ट भूमिका रहेको उनले बताए । उनले यस्तो अवस्थामा राजनीति उल्टो दिशामा जानसक्नेतर्फ सभापतिलाई सचेत गराउँदै भने, ‘यस्तो अवस्थामा हामी रहिरहने हो भने राजनीति उल्टो दिशामा जान सक्छ। थरीथरीका खेलाडीहरु छन् यो देशमा राष्ट्रिय अन्तर्राष्ट्रिय। यिनीहरुको हातमा जान दिनुहुन्न।’ कार्यक्रममा वरिष्ठ नेता पौडेलले नेपाल प्रेस युनियन कास्कीद्वारा संचालित पूर्णप्रसाद/मायादेवी शान्ति पुरस्कार कास्कीका पत्रकार हिमनिधी लौडारीलाई प्रदान गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *