राष्ट्रिय कार्यकर्ता भेलाकाबारेमा नेपाल पक्षले पत्रकार सम्मेलन गरी थप जानकारी दिँदै

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्दैछ । काठमाडौंमा गरिने कार्यकर्ता भेलाबारे आज पत्रकार सम्मेलन गरी थप जानकारी दिइने केन्द्रीय प्रचार विभागले जनाएको छ ।

आज दिउँसो २ बजे होटल हेरिटेज गार्डेन सानेपा चोक ललितपुरमा पत्रकार सम्मेलन गरी राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिने कार्यक्रम रहेको नेता योगेश भट्टराईले जानकारी दिए ।

भेला रोक्न प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेपनि नेपाल पक्षले अस्वीकार गरेको छ । सोमबार भएको दुई पक्षबीचको छलफलमा अध्यक्ष ओली फागुन २८ को निर्णय खारेज गर्न असहमत भएपछि नेपाल पक्ष भेला नरोक्ने निष्कर्षमा पुगेको हो । नेपाल पक्षले सोमबारको वार्ता भेला रोक्ने नियतले भएको महसुस गरेको बताएको छ ।

यसैबीच, प्रधानमन्त्री ओलीले आज बालुवाटारमा केन्द्रीय सदस्यका लागि गर्न लागेको चियापान समारोहमा नेपाल पक्षका नेताहरू नजाने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *