प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिग अन्तर्गत हुने अन्तिम १६ को दोस्रो लेगमा आज रियल म्याड्रिडले एटलान्टाको सामना गर्दैछ । अल्फ्रेडो डि स्टेफेनोमा हुने खेल नेपाली समय अनुसार राति १ः४५ बजे शुरु हुनेछ ।
दुई टोलीबीच भएको पहिलो लेगमा रियल म्याड्रिड १–० गोलले विजयी भएको थियो । आज घरेलु मैदानमा हुने खेल जित्दै रियल म्याड्रिड क्वाटरफाइनल प्रवेश गर्न चाहन्छ । अर्को चरण प्रवेशको लागि म्याड्रिडलाई बराबरीको नतिजा पर्याप्त रहनेछ । गत शनिबार इल्चेविरुद्वको खेलमा १५ मिनेटमा खेल्दै चोटबाट पुनरागमन गरेका हाजार्ड फेरि घाइते भएका छन् । घरेलु लिगको पछिल्लो खेलमा म्याड्रिले इल्चेलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।
यता एटलान्टापनि आजको खेलमा जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । क्वाटरफाइनल प्रवेशको लागि एटलान्टालाई स्पष्ट जितको आवश्यकता रहेको छ । एटलान्टाले आफ्नो पछिल्लो ५ खेलमा ३ जित र २ हारको नतिजा निकालेको थियो ।
