‘सी’ डिभिजन लिगको उत्घाटन खेलमा खालीबारी विजयी

प्रज्जवल थापा । सहिद स्मारक ‘सी’ डिभिजन लिग फूटबलको उत्घाटन खेलमा खालीबारी युथ क्लब विजयी भएको छ । आईतवार दिउँसो भएको उत्घाटन खेलमा खालीबारीले झापा एफसीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा खालीबारीलाई जित दिलाउन विपिन कँडेल र सुदिप केसीले एक/एक गोल गरे । भापाको लागि सरोज दर्जीले गरेको गोल सान्तवनामा सिमित रह्यो ।

जितसँगै खालीबारीले लिगमा ३ अङ्क जोडेको छ । १४ टिमको सहभागिता रहेको लिग आगामी चैत २४ गतेसम्म सन्चालन हुनेछ ।

तस्बिर:- एन्फा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *