काजकिस्तानमा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु

काजकिस्तानमा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ । काजकिस्तानको राजधानी नुर सुल्तानबाट उडान भरेको एन–२६ सैन्य विमान अलमाटी विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो ।

६ जना सवार विमानमा दुईजना गम्भीर घाइते भएका छन् । अवतरणका क्रममा विमानमा आगलागी भएको थियो । आगलागीका कारण विमान जलेर ध्वस्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *