भारत र इङ्ल्याण्डबिचको दोस्रो टि-२० आज

प्रज्जवल थापा । भारत र इङ्ल्याण्डबिचको दोस्रो टि-२० खेल आज अहमदाबादमा हुँदै छ । नरेन्द्र मोदी रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ७:१५ बजे शुरु हुनेछ ।

दुई टोलीबिच भएको पहिलो टि-२० खेलमा इङ्ल्याण्ड ८ विकेटले विजयी भएको थियो । इङ्ल्याण्ड आज हुने खेलमा पनि सोही लयलाई निरन्तरता दिँदै सिरिजमा आफ्नो अग्रता दोब्बर बनाउन चाहन्छ ।

यता भारत भने पहिलो खेलमा भएको कमजोरीलाई सुधार्दै जित निकाल्न चाहन्छ । पहिलो खेलमा इङ्ल्याण्डको बलिङसामु भारतको ब्याटिङ कमजोर देखिएको थियो ।

भारतको सम्भावित प्लेइङ ११:- शिखर धवन, केएल राहुल, विराट कोहली(कप्तान), श्रेयस आयर, ऋषभ पन्त(विकेटकिप्पर), हार्दिक पाण्डय, वासिङ्टन सुन्दर, अक्सर पटेल, भुवनेश्वर कुमार, शार्धुल ठाकुर, युज्वेन्द्र चहाल,

इङ्ल्याण्डको सम्भावित प्लेइङ ११:- जेसन रोए, जोस बट्लर(विकेटकिप्पर), डेविड मालन, जोनि बैर्स्ट्रो, इयोन मोर्गान(कप्तान), बेन स्टोक्स, साम कुरान, क्रिस जोर्डान, जोफ्रा आर्चर, अदिल रसिद, मार्क वुड

Leave a Reply

Your email address will not be published. Required fields are marked *