युभेन्टसलाई काग्लियरीको चुनौती

प्रज्जवल थापा । साविक विजेता युभेन्टसलाई आज काग्लियरीले आफ्नो चुनौती पेश गर्दैछ । सार्डेग्ना एरिनामा हुने खेल नेपाली समय अनुसार राति १०:४५ बजे शुरु हुनेछ ।

युभेन्टस आजको खेल जित्दै च्याम्पियन्स लिगबाट बाहिरिएको पीडा बिर्सिन चाहन्छ । गत मंगलबार युभेन्टस पोर्टोसँग अवे गोलको आधारमा पराजित हुँदै च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको थियो । घरेलु लिगमापनि युभेन्टस शिर्ष स्थानको इन्टर मिलान भन्दा १० अङ्कले पछि छ । त्यसैले युभेन्टस आजको खेल खेल्दै शिर्ष स्थानको इन्टरसँग अङ्क दुरि घटाउन चाहन्छ । हाल युभेन्टस २५ खेलमा ५२ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ ।

यता काग्लियरीपनि घरेलुु मैदानमा हुने खेल जित्दै रेलिगेसन क्षेत्रबाट टाढा जान चाहन्छ । हाल काग्लियरी २६ खेलमा २२ अङ्को साथ १७ औं स्थानमा छ । जुन रेलिगेसन क्षेत्रमा रहेको टोरिनोको भन्दा २ अङ्क बढी हो । काग्लियरीले लिगको पछिल्लो ५ खेलमा २ जित, १ बराबर र २ हारको नतिजा निकालेको छ ।

दुई टोलीबिच भएको पछिल्लो २० खेलमा १६ खेल युभेन्टसले जितेको थियो भने एक खेल काग्लियरीले आफ्नो पोल्टामा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *