काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बताएका छन् । नयाँ सरकार बनाउन एमाले, माओवादी र कांग्रेसले जसपाको साथ खोजिरहेको अवस्थामा नेता भट्टराईले सामाजिक सञ्जालमार्फत् जसपा कसैको पुच्छर नबन्ने बरु आफैं देशको नेतृत्व गर्ने बताएका हुन् ।
जसपाका बारेमा जान्नैपर्ने तीनवटा विशेषता उल्लेख गर्दै उनले ट्विटमा लेखेको छन्, यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी हैन, बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो ।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र विरूद्ध कसैसँग सम्झौता नगर्ने भन्दै डा भट्टराईले भने, यो कसैको पुच्छर हैन, आफैँ देशको नेतृत्व गर्ने शक्ति हो ।’
जसपाबारे जान्नैपर्ने कुरा:१.यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी हैन;बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो!२.गणतन्त्र,.संघीयता,धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र विरूद्ध कसैसंग सम्झौता गर्दैन;३.यो कसैको पुच्छर हैन,आफै देशको नेतृत्व गर्ने शक्ति हो।
— Baburam Bhattarai (@brb1954) March 13, 2021
