रियल म्याड्रिडलाई इल्चेको चुनौती

प्रज्जवल थापा । साविक विजेता रियल म्याड्रिडलाई आज इल्चेले आफ्नो चुनौती पेश गर्दैछ । अल्फ्रेडो डि स्टेफेनोमा हुने खेल नेपाली समय अनुसार शनिबार राति ९ बजे शुरु हुनेछ ।

घरेलु मैदानमा हुने खेल जित्दै म्याड्रिड शीर्ष स्थानको एथ्लेटिको म्याड्रिडसँग अङ्क दुरि घटाउन चाहन्छ । हाल रियल २६ खेलमा ५४ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा छ । समान खेलबाट ६२ अङ्क जोडेको एथ्लेटिको शिर्ष स्थानमा रहेको छ । चोटको कारण लामो समय मैदान बाहिर रहेका हाजार्ड र रोमस टोलीमा फर्किएसँगै म्याड्रिड थप बलियो देखिएको छ ।

यता इल्चेपनि आजको खेलमा सकारात्मक नतिजा निकाल्दै लिगमा आफ्नो स्थान सुधार गर्न चाहन्छ । हाल इल्चे २५ खेलमा २४ अङ्क जोड्दै लिगको १७ औं स्थानमा रहेको छ । इल्चेले लिगको पछिल्लो ५ खेल मध्य २ खेलमा जित निकाल्दा ३ खेलमा पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *