मकवानपुरमा बस र ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु, १० घाइते

हेटौंडा । मकवानपुरको मनहरी सुनाचुरीमा बस र ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–चितवन सडक खण्डमा बिहान ३ बजेतिर बस र ट्रक आपसमा ठोक्किएका हुन् ।

हेटौंडाबाट चितवनतर्फ गइरहेको ना.४ ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आइरहेको ना.६ ख ८९ नम्बरको ट्रक आपसमा ठक्कर खाँदा बसका चालकसहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा बस चालक वीरगञ्ज–१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ४० वर्षीय अभयलाल कुशवाह र भारत बिहारका ४० वर्षीय सुनिल कुमार रहेका प्रहरीले जनाएको छ । घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बैसामा भएको बस दुर्घटनामा ३७ जना घाइते भएका हुन । घाइतेमध्ये एक जना गम्भीर रहेको प्रहरीले जनाएको छ । ना३ख ९७५९ नम्बरको दुर्घटनाग्रस्त बस राप्ती सोनारीबाटै हिजो राति दाङको देउखुसी दुलही पुर्‍याउन हिँडेको थियो । घाइते सबैको कोहोलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ । उनीहरू सबै राप्ती सोनारीकै रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *