ओलीको कदमको प्रतिवाद गरेर अघि बढ्ने नेपाल-खनाल समूहको निष्कर्ष

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले केपी ओलीको एकलौटी निर्णय अमान्य भएको बताएको छ ।

शुक्रबार साँझ बसेको नेपाल–खनाल समूहको स्थायी कमिटी बैठकले ओली समूहले विधान विपरित गरेको निर्णय मान्न नसकिने बताएको हो । नेता बेदुराम भुसालले विधान र कानुन विपरित केपी ओलीले गरेको एकतर्फी निर्णय अमान्य भएको र पुनः छलफल गरेर निर्णय गर्ने जानकारी दिए ।

बैठकले ओलीको कदमलाई प्रतिवाद गरेर अघि जाने निष्कर्ष निकालिएको उनले बताए । बैठकले केपी ओलीले नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न लागिपरेको निष्कर्षसमेत निकालेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी प्रदेश इन्चार्च तोक्दै अध्यक्ष र महासचिवबाहेकको जिम्मेवारी खोसेपछि नेपाल–खनाल समूह आक्रोशित बनेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *